‘अर्बौंको आर्थिक चलखेर गरेर सरकारले आयल निगम व्यापारीको हातमा दिन थाल्यो’



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन् ।

६४ औं संसद दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारमाथि आयल निगम व्यापारीको हातमा दिन लागेको आरोप लगाएका छन् ।

उनले निगम व्यापारीको हातमा दिएर अर्बौं कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति जनाए । पौडेलले यो विषयलाई सञ्चारमाध्यामले अघि ल्याउनुपर्ने बताए ।

उनले भने, ‘कहिल्यै किसानले भनेका बेलामा मल पाएका छैनन् । जहिले पनि मलको हाहाकार किन भयो ? हामीले यो कुरा बुझेनौं–काँग्रेसभन्दा बढी एमाले समाजवादी । एमाले भन्दा माओवादी बढी समाजवादी । दुई तिहाई ल्याएको सरकारले केही पनि करेक्सन गर्न सक्यो ? त्यत्रो बहुमतको सरकार हुँदा त करेक्सन हुनु पर्दथ्यो नि । तर भएन । अहिले पनि हाहाकार छ देशमा । यत्रो हाहाकार किन भइरहेको छ देशमा भन्दा व्यापारिको हातमा तपाईले दिनुहुन्छ । व्यापारीले त नाफा हेर्छ । जतिखेर नाफा हुन्छ, त्यतिखेर मल ल्याउँछ । अहिले म फेरि सुन्दैछु । आयल निगमलाई पनि यस्तो व्यापारीको हातमा दिने चलखेल भइराखेका छन् रे । यो चलखेलको पछाडि करोड होइन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भइहाल्यो नि । यसैमा पनि खेलबाड ।’

उनले समाजवादको ठूलठूला गफ दिने ठूला दल र तिनका नेताहरुले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने