रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ त ?



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा(एकीकृत समाजवादी)तर्फ इंगित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने बताएका छन् । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले नेताहरुले समाजवादको कुरा गरेपनि व्यवहार भने त्यस अनुसार नभएको बताए । उनले पार्टीहरुले सरकारमा मन्त्री पठाएर चार दिन काम गर्न नपाई सबैलाई पालो पुर्याउन मन्त्री परिर्वतन गर्नु पार्टी प्रणाली नभएको बताए । उनले नेताहरुले समाजवादको नारा बोक्ने तर काम भने प्रतिक्रियावादी र सामन्तवादी गर्ने गरेको जिकिर गरे ।

उनले भने,‘ म एउटा प्रश्न सोध्न चाहन्छु आज के समाजवादको कुरा गर्दा के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ । आउँछ यो देशमा ? कसरी आउँछ ? मैले भनिरहेको छु हामी समाजवादमा गैइरहेका छौं की ? हामी के आचरण र व्यवहार गरिरहेका छौं । हाम्रो चरित्र, आचरण र व्यवहारमा समाजवाद आउँछ की आउँदैन त्यो महत्वपूर्ण कुरा छ । हामी समाजवादका नारा फलाक्ने तर काम चाहिँ हामी घोर प्रतिक्रियावादी,सामन्तवादी सामन्तवाद बेलाका काम गर्ने ? यो चल्दैन । त्यसकारण हामी पूरै बदलिनु पर्छ । हाम्रो संस्कार परिर्वतन हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको