‘एमालेका १० भाइको दिमागबाट अझै नशा उत्रिन सकेन’



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले गठबन्धनप्रति आफूहरुको धेरै गुनासो रहेपनि आफ्नै कारणले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका हुन् । उनले आगामी निर्वाचनमा समेत गठबन्धन दलले यसअघिका कमजोरी हटाएर मिलेरै जाऔ भनेकाले कमजोरीहरु दोहरिन नदिन आफैं सचेत हुनुपर्ने बताए ।

अहिलेको अवस्थामा गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागि पर्नुपर्ने आवश्यकता देखिएको नको भनाई छ । २७/२८ प्रतिशत ठाउँमा मात्र उम्मेद्वारी दिँदा पनि ९ लाखभन्दा पनि बढी मत प्राप्त गरको भन्दै अध्यक्ष नेपालले छोटो समयमा नै जनताको समर्थन पाएको दावी गरे ।

उनले एमालेबाट बिद्रोह नगरेको भए दास बन्ने वा राजनीतिबाट पलायन हुने अवस्था देखिएको बताए । नेपालले एमालेका १० भाइको दिमागबाट अझै नशा उत्रिन नसकेको टिप्पणी गर्दै समाजवादीलाई धारेहात लगाउने काम गरेको उल्लेख गरे । उनले मूल्य वृद्धिका कारण जनता मारमा परेको र मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताए ।

त्यस्तै अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्र सुधार र भ्रष्टचार नियन्त्रणमा सरकारको विशेष ध्यान दिनुपर्ने बताए । अहिले भ्रष्टचार बढिरहेको बारे गठबन्धनको बैठकबाट सरकारको ध्यानाकर्षण गराइएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको