ओलीलाई गगन थापाको जवाफः कुण्ठामा केवल सहानुभूति मात्रै हुन्छ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गुनासो गरेको टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारकोन नीति तथा कार्यक्रममा भाग लिँदै महामन्त्री थापाले केपी ओली अहिले रन्थनिएको भन्दै यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने बताए ।

उनले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौँको गन्थन प्रस्तुत भइसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ । मैले साथीहरूलाई भनेँ, प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति–असहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन।’ कुण्ठामा केवल सहानुभूति मात्रै हुने भएकाले अहिले आफूहरूले सुनिदिनुपर्ने थापाले बताए ।

उनले भने,‘कुण्ठामा केवल सहानुभूति हुन्छ । रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ ।’

थापाले देशको अर्थतन्त्र समस्याग्रस्त मात्र नभई संकटग्रस्त हुँदै गएको बताए । उनले पछिल्लो १० महिनामा नेपालले १६ खर्बको आयात गर्दा १ खर्बको सामान बेच्नु अर्थतन्त्रको सबैभन्दा ठूलो चूनौती भएको बताए ।

उनले भने,‘नेपालजस्तो अर्थतन्त्र भएको मुलुकलाई सबैभन्दा ठूलो चूनौती नै व्यापार घाटा हो । कतिपय देशलाई व्यापारघाटा ठूलो चूनौती होइन । तर, नेपालजस्तो अर्थतन्त्र भएको मुलुकमा यो समस्या हो ।’

खासगरी, पेट्रोलियम पदार्थको बढ्दो आयात नै व्यापारघाटा न्यूनीकरणको चूनौति भएको थापाको भनाइ छ । कृषि प्रधान देश भनिएपनि सबैजसो कृषिजन्य वस्तुको आयात बढ्दा समेत देशको अर्थतन्त्र झन् संकटतर्फ मोडिएको थापाले बताए । उनले खुला सिमानाको दुरुपयोग गर्दै भइरहेको टेक्सटायल र जुत्ता चप्पलको चोरी पैठारीलाई रोक्न सम्पूर्ण सरकारी संयन्त्र नै सक्रिय हुनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्धिपक्षीय वार्ता हुँदै

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका अमिर शेख

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन