धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी



धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार हर्क साम्पाङ विजयी भएका छन् । उनी २० हजार ८ सय २१ मत प्राप्त गर्दै मेयरमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट नेपालीका कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्रप्त गरेका छन् । उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । २० हजार ५१० मत ल्याएर बेघा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र पाए ।

साम्पाङ विगत लामो समयदेखि धरान उपमहानागरपालिका भित्र रहेर खानेपानी, धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको वोथिती, खोला उत्खनन् तथा विभिन्न स्थानीय तथा राष्ट्रिय मुद्दाहरूमा अभियान्ता बनेर आन्दोलन गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व

कांग्रेसको सहकारी र आदिवासी विभागमा दश/दश सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक

चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास