मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेको प्यानल विजयी



जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेको प्यानल विजयी भएको छ। वारागुङ मुक्तिक्षेत्रको वडा ४ बाहेक अन्य वडामा नेकपा एमालेले वर्चश्व कायम गरेको छ । स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसले अध्यक्ष जितेको पालिकामा एमालेको उम्मेदवारले ईन्ट्री गरेका छन्।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार रिनजिङ नामगेल गुरुङ ८६७ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार आङजेन गुरुङले ५७७ मत पाएका छन् ।

त्यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार दिकी गुरुङले ७४९ मत ल्याई विजय भइन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार धेव आङवो गुरुङले ६७७ मत प्राप्त गरिन्।

उपाध्यक्ष पदमा एमाले उम्मेदवारले ७२ मतान्तरले विजय भएकी हुन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा १,३ र ५ मा वडाध्यक्षसहित एमालेको प्यानल विजय भएका छन् भने वारागुङ ५ मा कांग्रेसले वडाध्यक्ष र एक सदस्य जितेको छ।

यहाँ एमालेका २ जना सदस्य विजय भएका छन्। यस्तै, वारागुङ मुक्तिक्षेत्र–४ मा भने नेपाली कांग्रेसले वडाध्यक्षसहितको प्यानल विजय भएको छ। शुक्रबार रातिदेखि सुरु भएको मतगणना शनिबार दिउँसो १२ बजेसम्म ३ वटा पालिकाको मतगणना परिणाम सम्पन्न भइसकेको छ। लोमान्थाङ र थासाङ गाउँपालिकामा मतगणना जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै