टाँगेर निधारमा राष्ट्रियताको रातो तुल, जासुस अँगालोमा हालेको याद आयो मलाई !



खरानी बेच्न घर बालेको याद आयो मलाई
कात्रोमा खल्ती हालेको याद आयो मलाई !

भ्रष्टाचार गर्न दिन्न भन्दै कोरोना कालमा
कमिशनका बोरा उचालेको याद आयो मलाई !

च्यातेर साथीभाइ बनाएर पुछ्ने टालो
जुत्ता पुछेर फालेको याद आयो मलाई !

उध्याएर प्रतिगमनको तरबार मध्यरातमा
खसीझैं संसद ढालेको याद आयो मलाई !

देखाउँदै मिति गुज्रेको जेलमा बसेको लाइसन
व्यवस्थै खान थालेको याद आयो मलाई !

टाँगेर निधारमा राष्ट्रियताको रातो तुल
जासुस अँगालोमा हालेको याद आयो मलाई !!

अर्जुन पराजुली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ