कांग्रेस प्रदेश अधिवेशनः कतै निर्विरोध, कतै निर्वाचन



झापा । नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।

नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित भएका छन् । क्षेत्र नं ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजाअनुसार सभापतिमा पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित भएका छन् । त्यसैगरी, क्षेत्र नं ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि न्यौपाने विजयी भएका छन् ।

तनहुँ तीनमा निर्वाचन, एकमा सर्वसम्मत
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । तीन वटा प्रदेशसभा क्षेत्रमा निर्वाचनबाट र एउटा प्रदेशसभा क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । तनहुँ क्षेत्र नम्बर १ (क), (ख), तनहुँ क्षेत्र नम्बर २ (क) मा निर्वाचन भएको हो भने तनहुँ क्षेत्र नम्बर २ (ख) मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

निर्वाचन भएका तीन वटा क्षेत्रमा शनिबार मतगणना सकिएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार २९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले २१६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल, राजु खड्का, सचिवमा इश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मिनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

प्रदेश प्रतिनिधिमा कमल पण्डित, चिरञ्जीवी अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, बाबुराम बगाले, सुरेश थापा, हरिदत्त पौडेल, एजिला ढकाल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या जिसी, अमर गुरुङ, मनिलाल श्रेष्ठ, केशकुमारी राना मगर र बुद्धकुमार परियार विजयी भएका छन् । तनहुँ क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित भएका छन् । आज बिहान सकिएको मतपरिणाम अनुसार २२० मत प्राप्त गरी श्रेष्ठ सभापतिमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी राजेन्द्र पियाँले १५४ मत प्राप्त गरेका छन् । उपसभापतिमा बाबुराम श्रेष्ठ २२५ मत र राधादेवी खनाल १९० मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवमा लक्ष्मीकान्त मिश्र १९६ मत र हरिशरण खनाल १८४ मत प्राप्त गरी विजयी हुनुभएको छ । सहसचिवमा गोपाल थापा २२४ मत र राजु पौडेल १८२ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रदेश प्रतिनिधिमा पवित्रा गौली, विद्या खनाल, शान्ता बास्तोला, कर्णबहादुर गुरुङ, निमबहादुर मगर, प्रेमबहादुर गुरुङ, सुवास अधिकारी, मदन पण्डित, तुलक कैनी, गिरबहादुर थापा, महेश भट्टराई, पन्चमाया गुरुङ, विमला थापा, तम बहादुर दरै, बिपीन गुरुङ, अमृत नेपाली र चित्तबहादुर थापा विजयी भएका छन् । तनहुँ २ (क) को सभापतिमा जितराज राना विजयी भएका छन् ।

आज बिहान सकिएको मत परिणाम अनुसार राना सभापतिमा विजयी भएका हुन् । पदाधिकारी तथा प्रदेश प्रतिनिधिमा पनि रानाको प्यानल विजयी भएको छ । रानाले २३८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गरेका छन् । उपसभापतिमा पशुपति क्षेत्री (२२९) र रेशमलाल पौडेल (२४६) विजयी भएका छन् । सचिवमा राजेशकुमार श्रेष्ठ (२४४) र हरि भण्डारी (२२४) विजयी भएका छन् ।

सहसचिवमा केशबहादुर थापा (२३६) र मुक्तिप्रसाद सापकोटा (२२६) विजयी भएका छन् । प्रदेश प्रतिनिधिमा तुलबहादुर गुरुङ, रविचन्द्र पौडेल, लोकेन्द्र थापा, श्रीबहादुर थापा, शिवबहादुर आले, शिवशरण वाग्ले र समुन्द्रराम श्रेष्ठ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी बासना श्रेष्ठ, बिना खनाल र सुलोचना गौतम मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी जुक्तराज वाग्ले, निशादेवी पौडेल, अन्जनकुमार श्रेष्ठ, हीरालाल गुरुङ, सीता कुमाल, डोलबहादुर सुनार निर पुनः गरी विजयी भएका छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएका छन् । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सुशील कुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् ।

इलाम प्रदेश –२ सभापतिमा चौहान

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत इलाममा भएको अधिवेशनमा प्रदेशसभा २ (क) को सभापति पदमा गोपाल चौहान निर्वाचित भएका छन् । उनी २२९ मतसहित विजयी बनेका हुन् । आज बिहान सम्पन्न मत परिणामअनुसार उहाँका निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गरेका छन् । त्यस्तै उपसभापति पदमा विष्णु सुब्बा र मनकुमार गुरुङ विजयी भएका छन् ।

उनीहरुले क्रमशः २४४ र २३५ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा श्री विष्ट र दीपेश खत्री विजयी भएका छन् । उनीहरुले क्रमशः २६७ र २२४ मत प्राप्त गरेका छन् । सहसचिव पदमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की विजयी भएका छन् । उनीहरुले क्रमशः २७० र २५६ मत प्राप्त गरेका छन् । जिल्लाका अन्य स्थानको समेत मत परिणाम आइसकेको छैन । अन्य स्थानको भने मत गणना भइरहेको छ ।
म्याग्दीका उपसभापति लगायत पदाधिकारी मतदानबाट चयन
नेपाली कांग्रेस म्याग्दीका उपसभापतिलगायत पदाधिकारी मतदानबाट चुनिएका छन् । जिल्ला सदरमुकाम बेनीमा भएको सातौँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्विरोध भए पनि उपसभापति, सचिव, सहसचिव, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि बिहीबार मतदान भएको थियो ।

शनिबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी), सचिमा हीराबहादुर पुन र भरत रकाल, सहसचिवमा श्रीराम पौडेल र धु्रुवराज कार्की निर्वाचिन भएका निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले जानकारी दिए । ४५ वटा वडाको अधिवेशनबाट चयन भएका ७३५ जना प्रतिनिधिमध्ये ७१२ जनाले मतदान गरेका थिए ।

उपसभापतिमा विजयी बेनी नगरपालिकाका प्रमुखसमेत रहेका श्रेष्ठले ३५४ र भण्डारीले ३७९ मत प्राप्त गरेका छन् । सचिवमा निर्वाचित पुनले ३६९ र रकालले ३५७ मत प्राप्त प्राप्त गरे । सहसचिवमा निर्वाचित कार्कीले ४०५ र पौडेलले ३८७ मत ल्याउँदा अर्का प्रत्यासी कमल उपाध्यायले २३१ मत पाउनुभयो । सदस्य र महाधिवेशन प्रतिनिधिको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छैन । खम्बिर गर्बुजा लगातार दोस्रो कार्यकालका लागि कांग्रेसको जिल्ला सभापति निर्विरोध निर्वाचित भएका हुन् । बेलायती गोर्खा सैनिकका सेवानिवृत्त गर्बुजा विसं २०७० र २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएका थिए ।

पाल्पामा निर्विरोध
नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ प्रदेश (क) को सभापतिमा रामबहादुर राना निर्विरोध चयन भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार रामपुरमा भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनले राना सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

उपसभापतिमा गोविन्दप्रसाद अर्याल (गोपाल) र भीमबहादुर सिंह ठकुरी (कृष्ण सिं), सचिवमा भेषराज पोखरेल र दानबहादुर हिस्की, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुल्ला सदस्यमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवतीदेवी खनाल निर्विरोध चयन भएका छन् । अधिवेशनमार्फत १७ जना प्रदेश प्रतिनिधिसमेत चयन भएका छन् ।

खुल्लातर्फ उमनाथ अर्याल, किशोर पङ्गेनी, भोजराज भट्टराई, रुद्रप्रसाद अधिकारी, विजय शर्मा अर्याल, शङ्करबहादुर खाँण र श्यामकान्त खनाल निर्वाचित हुनुभएको निर्वाचन अधिकृत बालकृष्ण लम्सालले जानकारी दिए । त्यस्तै खुल्ला महिलातर्फ कृष्णा शाही ठकुरी, शशीकुमारी जिसी र शारदा आचार्य, खस आर्यमा अरुणकुमार काफ्ले, जनजाति खुल्लामा गगन सिं सोती र छमबहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलिततर्फ कृष्णबहादुर दर्जी, अल्पसङ्ख्यकमा समसुलहक मियाँ निर्विरोध चयन भएका छन् ।
दाङमा नौ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध
दाङमा कांग्रेसका नौ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको मनोनयन दर्ता पश्चात् नौ जना निर्विरोध निर्वाचित भएका हुन् । जसमा निर्वाचन क्षेत्र ३ को (क) बाट चूर्णबहादुर चौधरी निर्विरोध भएका हुन् ।

त्यस्तै निर्वाचन क्षेत्र ३ (ख) मा थारुतर्फकै मधु चौधरी, आदिवासी जनजातितर्फबाट निर्वाचन क्षेत्र २ (क) मा ध्रुवकुमार पुन, खसआर्यतर्फ मनोज बुढाथोकी र दलिततर्फ केशव नेपाली निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै मुस्लिमतर्फका प्रदेश महाधिवेशन प्रतिनिधिमा सिमु शिद्धिकी निर्विरोध निर्वाचित भएका छन् । उनी क्षेत्र २ (ख) अन्तर्गत हुन् ।

खस आर्यतर्फबाटै निर्वाचन क्षेत्र १ को (ख)बाट पुरुष तर्फका घनश्याम केसी र महिलातर्फका बीना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने निर्वाचन हुनेछ । निर्वाचन शनिबार बिहान ९ बजेदेखि तोकिएको छ ।

काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘क’ मा खड्का र ‘ख’ मा अधिकारी
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘क’ को सभापतिमा धुव्र अधिकारी र प्रदेश ‘ख’ को सभापतिमा उद्धव खड्का विजयी भएका छन् ।  पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न प्रदेशसभा अधिवेशनमा क्रमशः अधिकारी र खड्का सभापतिमा निर्वाचित भएका हुन् ।

प्रदेशसभा ‘क’ को उपसभापतिमा प्रमोद सञ्जेल र मधु पन्थी, सचिवमा भरतबहादुर खड्का र सरोजा सापकोटा तथा सहसचिवमा चोपराज कोइराला र सुजन रेग्मी विजयी भएका छन् । प्रदेशसभा ‘ख’ को उपसभापतिमा प्रकाश स्याङ्बो र सहदेव कार्की, सचिवमा कुमार खतिवडा र आशिष तामाङ तथा सहसचिवमा निरज खड्का र रुपक बस्ताकोटी विजयी भएका हुन् ।

यसअघि काठमाडौँको १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् । यस्तै, काठमाडौँमा आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले आगामी मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित
सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नं १(क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भए । यसैगरी १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित भएका कास्की कांग्रेसले जनाएको छ ।

क्षेत्र नं २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी भए । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टङ्कप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित भएका छन् । यसैगरी क्षेत्र नं २ को (ख)बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित भएका छन् । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित भएका छन् ।

कास्की क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका छन् । उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गङ्गाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भएका छन् । क्षेत्र नं ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित हुनुभयो । प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई÷दुई जना निर्वाचित भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग