सर्वोच्चको समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्दछः अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्ने बताएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको बिहीबार शुभारम्भ गर्दै अध्यक्ष नेपालले सर्वाेच्चको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाएर समाधान गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, “बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकाले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्दछ ।” अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको र नेकपा (एमाले)बाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको सहकारी र आदिवासी विभागमा दश/दश सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक

चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे