बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने



बागमती । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उनी यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । “भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उनले भने । प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने देखिन्छ । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेका दलहरुसँग ५९ मत कायम छ ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । यसअघि मुख्यमन्त्रीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ अहिलेसम्मको देशभरको मतपरिणाम(सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा

कागेश्वरी मनोहराको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी

भानुको मेयरमा त्रिपाठी र उपमेयरमा गोतामे निर्वाचित

दमौली । तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ

ओलीको गृहनगरमै एमाले पराजित, दमकको मेयरमा राप्रपाको जित

झापा । झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले