एमाले सिध्याउने सपना नदेख्दा हुन्छः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा एमाले सिध्याउन नसक्ने बताएका हुन् । उनले कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गरे ।

बुधबार कांग्रेस नेता थापाले भक्तपुरको एक कार्यक्रममा आगामी निर्वाचनमा एमालेलाई भक्तपुरबाट क्लिन स्वीप गर्ने बताएका थिए । अध्यक्ष ओलीले भने, ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुर तिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन् । भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो ?’

अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई नेपाललाई कुरु क्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गरे । उनले १७ हजार नेपाली जनतालाई मारेको र त्यसलाई ठेगान लगाएरै एमालेले सरकार चलाएको अवगत गराउँदै नेपाललाई धर्म क्षेत्र, शान्ति क्षेत्र र विकास क्षेत्र बनाउने बताए ।

अध्यक्ष ओलीले आफूलाई माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र सक्न खोजेको आरोप लगाएकोप्रति आपत्ति जनाए । उनले प्रचण्डले गणतन्त्रको नाम लिनुभन्दा २५ वर्षअघि गणतन्त्रका लागि आफू लडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ