प्रदेश एकका मुख्यमन्त्री आचार्यले दिए पदबाट राजीनामा



विराटनगर । प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले राजीनामा घोषणा गरेका हुन् । विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची रहेकोमा मुख्यमन्त्री आचार्यले त्यो प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले दलहरू मिलेर जानुको विकल्प नरहेको बताए । उनले राजनीतिमा कामले अगाडि जानुपर्ने र दलहरू फुटाउनेतर्फ लाग्ने काम अराजनीतिक हुने बताए । लोकतन्त्र र संविधान निर्माणका लागि लडेर आएका शक्ति जुटेर अघि बढ्नुपर्ने पनि उनले बताए ।

यसअघि वाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि राजीनामा दिएकी थिइन् । आचार्य ६८ दिन मात्र मुख्यमन्त्री बनेका छन् । ९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा सीमित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण