पार्टीको महाधिवेशन मंसिर २४ देखि २६ सम्म गर्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । निर्वाचन समितिले बिहीबार नयाँ कार्यतालिका सार्वजनिक गर्दै महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म हुने जानकारी दिएको हो ।

नयाँ कार्यतालिकाअनुसार १२ वटा जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ भने ३० गते पालिकास्तरीय अधिवेशन हुनेछ । प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ र प्रतिनिधिसभा क्षेत्रको मंसिर ६ गतेका लागि मिति तय गरिएको छ ।

त्यसैगरी जिल्ला अधिवेशन मंसिर १० गतेका लागि तय गरिएको छ । प्रदेश अधिवेशन मंसिर १६ र १७ गतेका लागि तय गरिएको छ भने केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको