एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । अध्यक्ष माधव कुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै जिम्मेवारी बाँडफाँट गरिएको उल्लेख छ ।

यससँगै एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो पनि गठन गरेको छ। स्थायी कमिटीमा ४२ सदस्य र पोलिटब्यूरोमा ९४ सदस्य छन् । एकीकृत समाजवादीको आन्तरपार्टी निर्देशन–२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेता सहित विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै, एकीकृत समाजवादी छाडेको घोषणा गरेका प्रदीप नेपाललाई प्रतिष्ठान इन्चार्जको जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

सांसद खानद्वारा पद तथा गोपनीयताको शपथ

  काठमाडौँ ।  सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

ढुक्क हुनुस् वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः पूर्वप्रधानमन्त्री खनाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान