डच राजगद्दीको उत्तराधिकारीले समलिङ्गी विवाह गर्न पाउने



द नेदरल्यान्ड्समा सन् २००१ देखि नै समलिङ्गी विवाह वैधानिक छ, तर राजगद्दीका उत्तराधिकारीमा त्यो लागु नहोला कि भन्ने अनुमान थियो । अहिले आएर कामचलाउ प्रधानमन्त्री मार्क रुटले भावी राजा वा रानीले पनि समलिङ्गी बिहे गर्न सक्ने स्पष्ट पारेका छन् ।

डच राजगद्दीकी वर्तमान उत्तराधिकारी युवराज्ञी अमालिआ डिसेम्बर महिनामा १८ वर्षकी हुनेछिन् । संसद्मा आफ्नै दलबाट सोधिएको प्रश्नको लिखित जबाफ पठाउँदै उनले भनेका छन्, ‘उत्तराधिकारी अथवा राजाले समलिङ्गी बिहे गर्न चाहेमा राजगद्दी त्याग्नुपर्ने कारण मन्त्रिपरिषद्ले देख्दैन।’ युवराज्ञी अमालिआको भविष्यलाई लिएर अहिले निकै ध्यान दिने गरिएको पाइन्छ ।

उनले समलिङ्गी विवाह गरेमा के हुन्छ भन्नेबारे एउटा किताबमा चर्चा गरिएको छ । हुन त त्यो किताबमा उनको निजी जीवनबारे कुनै लख काटिएको छैन र कसैसँग उनको बिहे हुन लागेको छ भन्नेबारे कुनै सङ्केत गरिएको छैन ।

आगामी वर्षदेखि अमालिआ विश्वविद्यालयमा भर्ना हुनेछिन् र विद्यार्थी भएसम्म उनलाई युवराज्ञीले पाउने रकम सुविधा दिन अस्वीकार गरिएको छ । समलिङ्गी विवाह गरेका राजा वा रानीले धर्मपुत्रपुत्री पालेमा अथवा दाताबाट शुक्रकीट वा अण्डा लिएर बच्चा जन्माएको खण्डमा चाहिँ उत्तराधिकारीबारे के हुन्छ भन्नेबारे स्पष्ट छैन ।

‘वैध सन्तान’ मात्रै राजा वा रानीको उत्तराधिकारी हुन पाउने डच संविधानमा उल्लेख छ । कामचलाउ प्रधानमन्त्री रुटले वर्तमान अवस्थामा समलिङ्गी बिहेको विषय ‘पूर्णतः सैद्धान्तिक’ भएको र शाही बिहे संसद्ले अनुमोदन गर्नुपर्ने विषय भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति