एमसीसी सम्झौता संशोधन गरी पारित गर्नुपर्छः सचिव भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमालेले एमसीसी सम्झौतामा भएका कतिपय प्रावधानहरुलाई संशोधनसहित पारित गर्नुपर्ने बताएका छन् ।

शनिबार स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले सम्झौताका केही बुँदा पुनःव्याख्या गर्नुपर्ने भएकोले संशोधन गरेर मात्रै एमसीसी अगाडि बढाउनुपर्ने बताएका हुन् ।

नेकपा हुँदा नै यसबारे तीन सदस्यीय कार्यदल बनार सुझाव लिएको भन्दै उनले एमाले त्यसमा अडिग रहेको बताए । उनले भने, ‘’नेकपा हुँदा नै तीन सदस्यीय कार्यदलले बनाएका थियौं । कार्यदलले सम्झौतालाई संशोधन सहित अघि बढाउने भनेको छ । एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानहरुलाई पुनः व्याख्या गरेर नेपालको राष्ट्रिय हित थप अनुकुल बनाउनु पर्ने छ । अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ ।’

उनले एमसीसी अनुमोदनको विषयमा सरकारले लिने नीतिमा आधारमा अघि बढ्ने बताए । उनले यसबारे पार्टीको बुधबार बसेको संसदीय दलको बैठकमा समेत छलफल भएको बताए । उनले भने, ‘एमसीसीकी उपाध्यक्षले हाम्रो पार्टी अध्यक्षसँग भेट गर्नुभएको छ । सरकारले एमसीसीलाई यो अधिवेशनमा टेबुल गर्छ कि गर्दैन भन्ने कुरा हामी हेर्दैछौं । यदि गर्यो भने संशोधनसहित गर्छ कि कसरी गर्छ ? त्यसमा स्पष्ट छैन । सरकार स्पष्ट भयो भने त्यसपछि हाम्रो पोजिसन क्लियर हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदै

  विराटनगर ।  कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने

जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई विकसति देशले क्षतिपूर्ति दिनुपर्छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित

माधव नेपालसँगको भेटपछि देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले

राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका