‘हे आमा नेपाल नेताहरूलाई स्वाधीनता,स्वाभिमान र मर्यादाको सदबुद्धि देउ !’



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोलीले नेताहरूका घर–घरमा पुगेर भेटघाट गरिरहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार सामाजिक संजालमार्फत रावलले एमसीसीको टोली नेताका घरघरमा पुगेर एमसीसी पास गर्न दबाब दिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले भनेका छन्, ‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने,सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर–घर पुगेर दवाव दिने,कस्तो विडम्बना ! हे आमा नेपाल नेताहरूलाई स्वाधीनता,स्वाभिमान र मर्यादाको सदबुद्धि देउ !’

एमसीसी अनुमोदनका लागि नेपाली नेताहरुसँग छलफल गर्न एमसीसीको टोली बिहीबार नेपाल आएको छ । टोलीले सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा