एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार बैठक सुरु हुनासाथ एमलेले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले फुटाउन सहयोगी भूमिका खेलेको भन्दै सभामुखसँग कारण माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुमै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउँदा सभामुखले कारबाही गरेको सूचना सभामुखले नटाँसेको बताए ।

उनले संविधान, नियम, नीति, विधि उल्लंघन गरेर नेकपा एमालेलाई विभाजन गरिएको भन्दै सभामुखबाट जवाफ माग गरे । सभामुखबाट यथोचित जवाफ नआएसम्म संसद अघि बढ्न नदिने पार्टीको निर्णय भएको उनले जानकारी गराए ।

उनले भने, ‘सभामुख महोदय त्यो आशनमा बसिरहँदा सभामुख महोदयको मर्यादा भनेको सबै दलहरुप्रति सम्मानपूर्ण र समानतापूर्ण व्यवहार हो कि होइन सभामुख महोदय ? तर नेकपा एमाले अन्य कुनै धर्तीबाट आएको राजनीतिक पार्टी त होइन होला ? तपाइले हामीले कारबाही गरेका सांसदहरुको हकमा किन सूचना निकाल्नुभएन ? पटक पटक हामीले फोन गर्यौँ । हामीले भेटेर भनेका छौँ । तर हाम्रो पार्टी नियोजित रुपमा टुक्राइसकेपछि बल्लबल्ल १३ दिनपछि चाहिँ केही गर्नु नपर्ने भन्ने हिसाबले सभामुख ज्यूले यो काम गर्नुभएको छ । हाम्रो बीचमा एउटा अनुत्तरित प्रश्न छ त्यो के भने सम्माननीय सभामुख महोदय तपाईले नेकपा(एमाले)ले कारबाही गरेका आफ्ना सांसदहरुको हकमा उनीहरुलाई बचाउन र नेकपा(एमाले) टुक्राउन किन एउटा सहयोगीको भुमिका निर्वाह गर्नुभयो ? किन सारथीको भुमिका निर्वाह गर्नुभयो ? निर्वाचन आयोगबाट हामी जवाफ खोजिरहेका छौँ । यसको यथोचित जवाफ नपाउञ्जेल यो संसद अघि बढ्न नदिने नेकपा(एमाले)को निर्णय म जानकारी गराउन चाहान्छु ।’

त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले जवाफ दिदैँ आफूले प्रचलित कानूनको प्रावधानको आधारमा निर्णय लिएको बताए । उनले सम्मानित सवोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै संसदमा छलफल गर्न नमिल्ने पनि बताए ।

उनले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घ का प्रावधानबारे ध्यान दिन आग्रह गरेका थिए । त्यसपछि प्रतिपक्षी दलका सांसदहरुले वेल घेरेर संसदको संर्वोच्चता कायम गर, संविधान सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को खण्ड ख र ग को ध्यानाकर्षण गराएको बताएपनि नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटको लागि बैठक स्थागित गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा

  दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त