डडेल्धुरा घटनाले महाधिवेशन हुनेमा आशंका बढायोः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमा क्रियाशील सदस्यता वितरणलाई लिएर असन्तुष्टि जनाएका छन् । बुधबार विज्ञप्ति जारी गरी कोइरालाले डडेलधुराबाट वडादेखि जिल्लासम्म कुनै विवाद नभई केन्द्रमा पठाईएका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाई जिल्लाका कुनै निकायमा थाहा नै नभएका ३ सय १२ जनाको नाम थपिनु गलत भएको बताएका हुन् ।

उनले यो लोकतान्त्रिक प्रकृया नभएको र यसले पार्टी कसरी चलाईंदैछ भन्ने प्रमाण दिएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रवाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतवाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद छ । सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा यथास्थितिमा जिल्लामा अधिवेशन हुनै सक्दैन भन्दा भन्दै प्रकृया कसरी अघि बढ्ला र ? यस्तो कृयाकलापले क्रियाशील छानविन गर्ने आधिकारिक निकाय र अझ नमिलेका केही जिल्लाको क्रियाशील सदस्य छानविन गरी टुंगोमा पुर्याउन बनेको समितिको विश्वसनियतामा शंका गर्ने प्रसस्त ठाउँ दिएको छ । म उहाँहरुलाई यस सम्बन्धमा आफ्ना भनाईहरु सार्वजनिक गर्न र ती क्रियाशील सदस्यताका वारेमा पुनर्विचार गर्न आग्रह गर्दछु ।’

भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन कतिपय जिल्लामा भएपनि २१ जिल्लाको क्रियाशील सदस्यताको नाम समेत सार्वजनिक गर्न नसकेको आजको स्थितिमा डडेलधुरा घटनाले आफूहरुलाई नराम्ररी झस्काएको भन्दै उनले यो कतै नेपाली कांग्रेसको महाधिवेशन नगर्ने वहाना त हैन ? भन्दै प्रश्न गरेका छन् । उनले यसरी महाधिवेशनको प्रकृया पुरा हुन्छ भन्नेमा आफू विश्वस्त नभएकोसमेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका