कुनै शक्तिले एमालेलाई अब एक्लै हेर्न पनि सक्दैनः केपी ओली



पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले पार्टी विभाजन गर्न मन्त्री पद बिक्री गरेको आरोप लगाएका छन् ।

मंगलबार पोखरामा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले पार्टी फुटाउन पद बाँडेको आरोप लगाएका हुन् । उनले पार्टीभित्रका पदलोलुप प्रवृत्तिका कारण पार्टी विभाजन भएको बताए ।

उनले भने, ‘मन्त्रीको पद बेच्न लागिरहेको तपाइँहरुले पनि थाहा पाइरहनुभएको होला । माधव नेपालका मान्छेहरु यहाँपनि मन्त्रीको पद बेच्न आइरहेका थिए।’ विगतमा पार्टीभित्र अपवित्र गठबन्धन गरिएको भन्दै ओलीले आफूविरुद्ध ठूलो हमला हुँदा पनि नझुकेको स्पष्ट पारे ।

उनले भने, ‘लोकतन्त्र राम्ररी चल्न नदिन एमालेलाई चारैतिरबाट पासो थाप्ने काम भयो। त्यसमा माधव नेपाल अगाडि थिए।’ उनले सही कार्यकर्ताहरु खान मात्रै नजन्मेको भन्दै देश बनाउन पनि जन्मिएको बताए।

ओलीले अन्य कुनै पनि शक्तिले आफूहरुसँग एक्लै लड्न नसक्ने बताए । उनले भने, ‘देशलाई बर्बाद गर्न खोज्ने शक्तिहरु अहिले सक्रिय भएका छन् । कुनै पनि शक्तिले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन्। लड्ने कुरा छाडौँ। त्यही भएर चार दिशाबाट ५ भाइ जम्मा भएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार