हाम्रो कारण सरकार विस्तारमा ढिलाइ भएको होइनः रामकुमारी झाँक्री



विराटनगर । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो पार्टी रोजे उनीहरूकै सरकारले निरन्तरता पाउने बताएकी छिन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै झाँक्रीले मुख्मयन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्यले एकीकृत समाजवादीमा आबद्ध भएको खण्डमा मुख्यमन्त्रीद्वयको सरकार टिकाउनलाई विश्वासको मत जुटाउन मद्दत गर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ ।’ उहाँहरू आउनुभयो भने विश्वासको मत दिलाउन हामी आफैँ खट्ने छौँ। एमालेमै फर्किएको अवस्थामा उहाँहरूले विश्वासको मत लिनुपर्ने हुन्छ। सरकार अल्पमतमा पर्छ, त्यसकारण त्यो प्रकृयाबाट नै नयाँ बाटो सुरु हुन्छ ।’

नेतृ झाँक्रीले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयले सरकार विस्तारमा ढिलाइ नभएको प्रस्ट पारिन् । उनले नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिका रूपमा उदाउने तथा मुलुककै कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा निर्माण हुने दाबी समेत गरिन् । एमाले विभाजन भई समाजवादी बनेपछि एमालेमा फर्किएकाले सङ्कट नपर्नेसमेत दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका