आफूसँग चुनाव लड्न महेश बस्नेतलाई देउवाको चुनौती



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई नभई भक्तपुरका कांग्रेस जिल्ला सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चुनौती दिएका छन् ।

शुक्रबार भक्तपुरमा वडा अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले पहिले कांग्रेस नेतालाई हराएर आफूसँग चुनाव लड्न बस्नेतलाई चुनौती दिएका हुन् ।

उनले भने, ‘कांग्रेस भक्तपुरमा मात्रै होइन, देशैभर सशक्त रुपमा अघि बढिसकेको छ । बस्नेतजीले आगामी चुनावमा पहिले कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापालाई हराएर देखाउनुस्, त्यसपछि मसँग लड्न आउनुहोला।’ बस्नेतले केही दिनअघि भक्तपुरमा देउवा नै चुनाव लड्न आएपनि आफूले सजिलै पराजित गर्ने बताएका थिए ।

उनले पार्टीको १४औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरे । सभापति देउवाले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताए । आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने जिम्मेवारी आफूहरुलाई रहेको पनि देउवाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)