वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा



हेटौंडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । खनालले बुधबार बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष सामाजिक विकासमन्त्रीको पदबाट राजीनामा दिएका हुन् ।

शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनले मंगलबार एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरेका थिए । खनालसँगै मंगलबार नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा बागमती प्रदेशसभाका १२ जना सांसदले सनाखत गरेका छन् ।

उनले आफूले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा दिएको बताए । खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशनः मतगणना सुरु भएको २ घण्टामा परिणाम

सौराहा । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको

कांग्रेसको भक्तपुर सभापतिमा दुर्लभ थापा निर्वाचित

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन् । थापा

कांग्रेसको बागलुङ सभापतिमा शेरचन, उदयपुरमा कार्की विजयी

बागलुङ । नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन् । कांग्रेसको

मुख्यमन्त्री शाही विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्