माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न सक्नुहुन्नः युवराज ज्ञवाली



कर्णाली । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले केपी ओलीलाई दोष दिएरमात्र कसैले छुट नपाउने बताएका छन् । मंगलबार सुर्खेतमा एमालेको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले पार्टीका कार्यकर्तालाई आवेग, उत्तेजना फैलाएर बोल्ने र त्यस्तो व्यवहार गर्ने काम बन्द गर्न आग्रह गरेका हुन् ।

उनले नेता कार्यकर्तालाई संयम र धैर्यका साथ अभिव्यक्ति दिन आग्रह गरे । उनले घृणाको संस्कृति फैलाएर कसैलाई गाली गलौज गरेको जनताले मन नपराउने बताए ।

विकास निर्माणको काम कसले कसरी गर्छ भन्ने हेरेर नै जनताले आउने चुनावमा फैसला गर्ने उने बताए । उनले भने, ‘एमालेलाई मात्र, केपी ओलीलाई मात्र दोष दिएर तपाईहरुले छुट पाउनुहुन्न । काम गर्दा कमजोरी हुन सक्छ, खराब हुन सक्छ, तर त्यसको अर्थ पार्टी नै काम लाग्दैन भन्ने अर्थ निकाल्नु र त्यो अर्थमा पार्टी नै विभाजन गर्नु धेरै दुर्भाग्यपूर्ण काम हो, यो गलत बाटो हो ।’

ज्ञवालीले पार्टी जेठ अघि फर्किएको भन्दै कार्यान्वयनको चरणमा रहेको बताए । उनले भने, ‘कर्णाली प्रदेशमा हिजोबाट जेठ २ मा फर्किएर कार्यान्वयन गरेका छौँ, त्यसैअनुसार अब दश जिल्लामा कार्य विभाजन अनुसार भेला छलफल तुरुन्त सुरुवात गर्न लागेका छौँ।’ पार्टीविभाजन अघि नेता माधव कुमार नेपालसँग घनिभूतरुपमा छलफल भएको बताए ।

पार्टी एकताका लागि नेता नेपालले नै प्रस्ताव अघि सारेको भएपनि अन्ततः विभाजनका पुगेको उनले बताए। उनले भने, ‘दश बुँदे कार्यान्वयन गर्ने र पार्टी एकता गर्ने माधव कमरेडले भन्नुभएको थियो । माधव समूहमा अन्तरविरोध देखा पर्यो, त्यो समूहको स्थायी कमिटीमा र माधव कमरेडमा, हामी पार्टी एकता गरेर छलफल, बहस त्यही गर्नुपर्छ, सामुहिकरुपमा कमीकमजोरी सच्याउने गर्नुपर्छ भन्न हाम्रो भनाई थियो।’ उनले माधव नेपाल सहितको एकता गर्ने प्रयास भएको र नेता नेपालले ओलीसँग मिलेर बस्न नचाहेको बताए । ज्ञवालीले माधव नेपालले नयाँ दल दर्ता गर्नुको औचित्य पुष्टि गर्न नसक्ने दावी गरे ।

उनले भने, ‘नयाँ दर्ता गरेर ठूलो गल्ती गर्नुभएको छ, उहाँले कुनै दिन विचार गर्नुहोला, यो कसरी जष्टिफाई गर्नुहुन्छ, उहाँले कसरी ठिक गरेँ भनेर, एउटै नीति, एउटै विचार धारा भएको पार्टी विभाजन गरेर यसको औचित्य पुष्टि गर्नसक्नुहुन्न। अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर, तपाईहरुले जित्नुहुन्न, आफुले आफुलाई सिध्याउने दिशामा लाग्नुभएको छ, एमालेको मत खोसेर हामी जित्छौँ भन्ने नसोच्नूस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया