एमाले पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन बाध्यताः माधव नेपाल



काठमाडौं । नेकपा(एकीकृत समाजवादी)पार्टीले कम्युनिष्ट आन्दोलनलाई बद्नाम एवम् समाप्त पार्ने तथा सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेको बताएको छ ।

बुधबार राति अपील जारी गरी अध्यक्ष माधवकुमार नेपालले अब यो विद्रोहलाई सिर्जनामा परिवर्तन गरी नेपाली जनताको आकांक्षा अनुसार नेपाली कम्युनिष्ट आन्दोलन रक्षामा लगाउने बताएका हुन् ।

अपीलमा भनिएको छ, ‘कम्युनिष्ट आन्दोलनलाई बद्नाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गर्न हामीले २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएका थियौं । आज २०७८ भदौ ९ गते संघीय संसदका ३४ जना माननीय सांसदहरू र तत्कालीन नेकपा (एमाले)को केन्द्रीय कमिटीका ५९ जना सदस्यहरू निर्वाचन आयोगमा सशरीर उपस्थित भयौं । अनेकौं प्रलोभन, दबाब, डर र त्रासका बाबजुद शतिसाल जस्तै उभिदै बिद्रोहमा सामेल हुनुहुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, संघीय संसदका सदस्यहरु लगायत सम्पूर्ण समर्थक, शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।’

उनले यो विद्रोहलाई नेपाली जनताको आकांक्षा अनुसार मुलुकको समृद्धिमा लगाउने बताएका छन् । उनले भनेका छन्, ‘अब यो विद्रोहलाई सिर्जनामा परिवर्तन गरी नेपाली जनताको आकांक्षा अनुसार नेपाली कम्युनिष्ट आन्दोलन रक्षा र विकास गर्दै देश र जनताको स्वाभिमानलाई उचो राख्न एवम् मुलुक र जनताको समृद्धिको आकांक्षा पूरा गर्न कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने यस ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक अपील गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया