माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी बाँडफाँट, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । माओवादी केन्द्रले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेको छ ।

संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मा ले पाएका छन् भने पार्टी प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाइएको छ । पार्टीको स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैंले लिएका छन् । त्यस्तै प्रवक्ता महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।

वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल यथावत छन् । मातृका यादव उपभोक्ता हित तथा आपूर्ति विभाग, हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभाग, देव गुरुङ संघीय संसदीय विभाग प्रमुख र लिलामणि पोखरेलले जलस्रोत सिंचाइ तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ