महाधिवेशनका लागि समीकरण बनाउँदै तीन नेता



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच शुक्रबार पनि छलफल भएको छ । महामन्त्री कोइरालाको निवास महाराजगंजमा तीन नेताबीच छलफल भएको हो ।

उनीहरुबीच १४ औं महाधिवेशनमा कसरी मिलेर अघि बढ्ने भन्ने लगायतका बिषयमा छलफल भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिएका छन् ।

यसअघि केहीदिन अघि तीन नेताबीच निधि निवास नयाँबानेश्वरमा महाधिवेशनका विषयमा छलफल भएको थियो । पार्टीको महाधिवेशनमा सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा उठ्ने बताएपछि तीन नेता आफ्नो समीकरण बनाउन छलफलमा जुटेका हुन् ।

निधिले आफू सभापतिमा उठ्ने र त्यसमा सघाउन देउवालाई आग्रह गरिसकेका छन् । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ गते काठमाडौंमा हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।