‘खोप प्रकरण प्रधानमन्त्रीलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफैं संलग्न हुनुभयो’



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोभिडविरुद्धको खोप खरिदमा भएको अनियमितताकाबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनका लागि आग्रह गर्नु व्यर्थ हुने बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत थापाले आरोपितलाई नै छानबिन गर भन्नुको केही अर्थ नहुने बताएका हुन् । उनले संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्ने बताए ।

थापाले लेखेका छन्, ‘खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ–जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सवै प्रधानमन्त्रीज्यूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफैं संलग्न हुनुभयो । जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन । संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ ।’

कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु विजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको खबर सार्वजनिक भएका छन् । यसैबीच, सरकारले यसअघि चार डलरमा ल्याएको खोप चार गुणा बढी मूल्यमा बेच्ने गरी निजी कम्पनीलाई जिम्मा दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको