यस्ता छन् सन् २०२१ को सोनी वर्ल्ड फोटोग्राफी अवार्ड् जित्ने तस्बिर



भिक्टोरियन पहिरनमा परम्परागत खाना पकाउने उपकरण शोना बोकिरहेकी एक युवतीको तस्बिरले २०२१ को सोनी वर्ल्ड फोटोग्राफी अवार्ड्समा प्रथम स्थान हासिल गरेको छ । उक्त खुला प्रतिस्पर्धाले एकल तस्बिरको शक्तिलाई देखाएको छ ।

जिम्बाब्वेकी वेकी तामरी कुदिता यस वर्षकी विजेता हुन् । उनको ’अफ्रिकन भिक्टोरियन’ पोट्रेटले उक्त अवार्ड जिताएको हो । ‘यसले समकालीन व्यक्तिप्रति सम्मान व्यक्त गर्छ जो इतिहासमा गहिरोसँग बसेका छन्,’ उनले भनिन्। ‘मेरो कामको केन्द्रीय धारणा अफ्रिकाको प्रतिनिधित्व हो र जिम्बाब्वेली कलालाई विश्वमा चिनाउने अवसर प्राप्त भएकोमा आभारी छु।’

व्यावसायिक प्रतिस्पर्धासँगै विद्यार्थी र युवा प्रतिस्पर्धाका विजेताहरूको नाम पनि घोषणा भएको छ । स्टेलनबोश अक्याडमी अफ डिजाइन एन्ड फोटोग्राफीका कोइन्राड हाइन टोर्लागले ’युवा कृषक’का लागि विद्यार्थीतर्फको प्रतिस्पर्धा जितेका छन् ।

यो परियोजनाले सुक्खा र सुरक्षा चुनौतीको खोजी गर्छ र दक्षिण अफ्रिकी किसानको आगामी पुस्ताले सामना गरिरहेको जमिनको स्वामित्त्वबारे बहस चलाउँछ । यूथ फोटोग्राफर अफ द यीअरको अवार्ड भारतका १९ वर्षीय पुवारुन बसुले हात पारेका छन् । वृत्तचित्र श्रेणीमा इटलीका भिटो फुस्को विजयी भए। उनले केन्याको फाइरेथ्रम फूलमा आफ्नो शृङ्खलाका लागि उक्त पुरस्कार पाएका हुन्।

त्यो फूललाई प्राकृतिक कीटनाशकका रूपमा प्रयोग गरिन्छ । इरानका मजिद होज्जातीको ’मौन छिमेक’ले ल्यान्डस्केपतर्फ उपाधि पाएको छ । क्रेग इस्टनलाई फोटोग्राफर अफ द यीअरको उपाधि प्राप्त भयो।

उनले उत्तरी इङ्ल्यान्डका समुदायको प्रतिनिधित्वका लागि यो पुरस्कार पाए । उनले उत्तरी इङ्ल्यान्डका समुदायलाई प्रतिनिधित्व गराउन लेखक तथा प्राज्ञ अब्दुल अजिज हाफिजसँग सहकार्य गरेका थिए । चेक गणतन्त्रका तोमास भोसेल्काले आर्किटेक्ट वर्गतर्फ पुरस्कार जिते। उनले एउटा पुरानो सैन्य परिसरको तस्बिर खिचेका थिए ।

वेलायतका मार्क ह्यामिल्टनले सिर्जनशील वर्गको पुरस्कार जिते। उनले नासा र जेट प्रोपल्सन प्रयोगशालाका तस्बिरहरू सम्पादन गरेका थिए । इटलीका सिमोने त्रामोन्ते वातावरण विधामा विजयी भए । लोरा पुनाकलाई पोर्टफोलिओ विधाको पुरस्कार हात पर्यो । अनस अलखबरौलीले युद्ध र त्रासको साटो खेलकुद विधामा पुरस्कार पाए।

उनले सिरियामा युद्धग्रस्त क्षेत्रनजिकैको एउटा विद्यालयमा कराते स्कूलको तस्बिर लिएका थिए । ’द स्टील लाइफ’ विजेता द नेदरल्यान्ड्सका पिटर इलेभेल्ड बने। उनले भिजेको प्लेटमा उक्त तस्बिर लिएका हुन् । पूर्वी अफ्रिकामा सलहको प्रकोपको तस्बिरले ’वन्यजन्तु र प्रकृति’ विधामा स्पेनका लुइस ताओलाई विजेता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी