‘भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ, प्रतीक्षा गरौं’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने कुरा कर्णाली प्रदेश सरकारमा देखिएको बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीका पक्षमा नेकपा एमालेका सांसदले फ्लोर क्रस गरेको सन्दर्भमा डा. भट्टराईले यस्तो बताएका हुन् ।

भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझौं ! मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नगरौं । कुनै घटनाको मुख्य चालकतत्व बाह्य हैन आन्तरिक हुन्छ भन्ने नभुलौं । सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सौं । भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ प्रतीक्षा गरौं !’

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा नेकपा एमालेका चार जना सांसदले मत दिएका थिए । नेकपा एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार