‘वाम गठबन्धन सरकारको निरन्तरता कायम राख्नुपर्छ’



काठमाडौं । पार्टीको नामै गुमाएका सत्ताधारी नेकपाका एक नेताले आगामी निर्वाचनमा पनि वाम गठबन्धन बनाउनुपर्ने बताएका छन् । नेकपा एमालेका केन्द्री सदस्य विष्णु रिजालले सामाजिक संजालमार्फत वाम एकताको आधार रहेको भन्दै वाम सरकारको निरन्तरता कायम गर्नुपर्ने उल्लेख गरेका हुन् ।
सामाजिक संजालमामा नेता रिजालले यस्तो लेखेका छन् ,

सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनःस्थापित भएसँगै उत्पन्न तत्कालिक प्रतिक्रिया र मनोविज्ञानबाट माथि उठेर अबको ध्यान तीन काममा केन्द्रित हुनुपर्छः

१. विगतमा निष्क्रिय रहेका पार्टी संरचनाहरूको पुनःस्थापना र सञ्चालन ।

२. गत निर्वाचनमा एउटै घोषणापत्रका आधारमा एमाले र माओवादीको वाम गठबन्धनलाई प्राप्त जनादेशका आधारमा वाम गठबन्धनको सरकारको निरन्तरता ।

३. वामपन्थी जनमत विभाजित हुन नदिन आगामी निर्वाचनमा वाम गठबन्धन निर्माण गरेर जाने गरी वातावरण निर्माण ।
कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ, पारदर्शी र टिकाउ एकताका लागि नयाँ सम्भावना र आधारहरूको खोजी निरन्तर गरिरहनुपर्छ र कुनै न कुनै विन्दुमा एकता सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)