संसदको पहिलो बैठक सेटिङमा चल्योः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुद्दा हारे पनि अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतको फैसला सबैले मान्नुको विकल्प नभएको बताएका हुन् ।

उनले भने, ‘तर मुद्दा लडेर आएपछि ताजुब देखियो । तर एउटा फैसला आउँदा अदालतको जयजयकार गर्ने, अर्को चाहिँ के गरेको भन्ने ?’ संसदको पहिलो बैठक सेटिङमा चलेको पनि प्रधानमन्त्रीले बताए ।

‘पहिलो बैठक पहिलो गाँसमै झिंगाजस्तै भयो,’ उनले भने, ‘गजबको सेटिङ । उफ्रेको हो कि धामी नाच हो, खुर्र नारा लगाएको छ, एउटा निस्केको छ, फेरि अर्को बाहिरिएको छ ।’ प्रधानमन्त्रीले सरकारले महत्वपूर्ण अध्यादेश जारी गरेको बताउँदै संसदले अस्वीकार गर्न सक्ने व्यवस्था हुँदाहुँदै सदन चल्न नदिएकोमा असन्तुष्टि जनाए ।

प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरे । आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले ’प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्न गरेका थिए ।

रावललाई जवाफ दिँदै ओलीले भने, ’हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन । मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको