कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्छौंः माधव नेपाल



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताएका हुन् ।

वर्तमान राजनीतिक समस्या समाधान गर्न माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने भन्दै उनले मिलेर जानको निम्ति जुनसुकै विकल्पमा छलफल गर्न तयार रहेको बताए । प्रतिगमकाविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडी बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । उनले भने,‘नेपाली कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहन्छु, बैठक बसौँ । सहकार्य गरौँ । खुल्ला रुपमा छलफल गर्न तयार छौँ । कुन ढंगले गर्दा हुन्छ हामी सबै विकल्पका निम्ति तयार छौँ । हामी बाधक होइनौँ ।’

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले निष्पक्ष रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद निरुपण गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष यादवले प्रतिगमनका विरुद्धमा अघि बढेका शक्तिहरु बीच सहमति गरी सरकार गठन गर्नुपर्ने बताए । सरकारको प्रधानमन्त्री को भन्ने भन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्वपूर्ण कुरा भएको उनले बताए । उनले भने, ‘जो प्रतिगमनका विरुद्धमा, असंवैधानिक कदमका विरुद्धमा लोकतन्त्रका लागि अघि बढे । ति सबै शक्ति बसेर सहमति किन नगर्ने ? साझा चिन्ताको आधारमा अर्को सरकार गठन गर्ने । अहिलेको अवस्थामा सरकारको प्रधानमन्त्री को बन्ने भन्दापनि सिस्टमलाई कसले जोगाउने ? संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसले संस्थागत गर्ने त्यो महत्वपूर्ण कुरा हो ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतिका साथ ओली बाहेकका शक्तिहरु मिलेर चुनावी सरकार बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन