विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघ्यो



विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० करोड २ लाख ८० हजार २५२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नौ हजार ४१४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ लाख ४९ हजार ३८७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख २९ हजार २१० जना संक्रमणमुक्त भएका छन् । हालसम्म विश्वमा ७ करोड २२ लाख ८९ हजार १६९ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये २ करोड ५८ लाख ३९ हजार ८४७ जना सक्रिय संक्रिमत छन् । जसमध्ये १ लाख १० हजार २५२ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित अमेरिकामा चार लाख ३१ हजार ३९२ जनाको मृत्यु भएको छ भने २ कारोड ५८ लाख ६१ हजार भन्दाबढी संक्रमित भएका छन् ।

यसैगरी, भारतमा संक्रमितको संख्या १ करोड ६ लाख ७७ हजार ७१० पुगेको छ । १ लाख ५३ हजार ६२४ जनाको मृत्यु भएको छ भने १ करोड ३ लाख ४५ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन