हामी रातो झण्डा फहराउनेवालाहरु हौँ, काला झण्डावाला होइनौंः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको बिहीबार काठमाडौंमा उद्घाटन प्रधानमन्त्रीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको बताएका हुन् ।

“देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ”, उनले भेने, “हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनौं । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।”

प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहले मुलुकलाई अन्धकारतर्फ धकेल्ने काम गरिरहेको आरोप लगाए । उनले प्रचण्ड नेपाल समूह उत्तेजना र आवेगमा रहेको भन्दै आफूहरु सही गन्तव्यमा हिंडेको दाबी गरे । उनले आफूहरु पेरिसडाँडामा जस्तो कालो बेलुन फहराउने पक्षमा नरहेको बताए ।

उनले भने, ‘हामी रातो झन्डा फहराउनेवाला हौं । पेरिसडाँडमा जस्तो कालो झन्डा फहराउने होइनौं । रातो बेलुन उडाउने वाला हौं, कालो बेलुनवाला होइनौं । हामी सडकमा हिँड्दा रातो झन्डा बोक्ने वाला हौं, कालो झन्डा बोक्ने वाला होइनौं ।’ प्रधानमन्त्रीले तीव्र विकासको क्रमलाई रोक्ने प्रयास भएको बताए । प्रधानमन्त्रीले प्रचण्डले युद्धका सहयोद्धाका छोराछोरीका लागि नभएर आफ्नो परिवारका लागि काम गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना