विश्वमा ९ करोड ६६ लाख भन्दाबढी मानिसलाई कोरोना संक्रमण, २० लाख ६५ हजारको मृत्यु



विश्वमा ६ करोड ९२ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन् । पछिल्लो २४ घण्टामा ६ लाख भन्दाबढी संक्रमणमुक्त भएसंगै ६ करोड ९२ लाख ६९ हजार ९६८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ लाख ७७ हजार भन्दाबढी संक्रमित थपिएका छन् भने १४ हजार ५ सय भन्दा बढी संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा ९ करोड ६६ लाख २१ हजार ४५९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख ६५ हजार ६२४ जनाको मृत्यु भइसकेको छ ।

हाल विश्वमा २ करोड ५२ लाख ८५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म २ करोड ४८ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ करोड ४७ लाख ८६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ लाख ११ हजार ४८६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यसैगरी, छिमेकी मुलुक भारतमा हालसम्म १ करोड ५ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये १ करोड २ लाख ४५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ७५४ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका