प्रतिनिधिसभा पुनःस्थापना नभए संविधान नै विघटनः पूर्वसभामुख ढुंगाना



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिलाई संसद विघटनको प्रस्ताव स्वीकार गर्ने संविधानले कतैपनि अधिकार नदिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले संविधानमा नभएको व्यवस्थामा टेकेर आएको प्रस्तावलाई राष्ट्रपतिले स्वीकार गर्न नसक्ने बताएका हुन् । उनले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रलाई विभाजन तर्फ लैजान खोजिएको बताए ।

पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधिसभा पुनःस्थापना नभए संविधान नै विघटन हुने बताए । देशमा बहादुर प्रधानमन्त्री भएजस्तै न्यायाधीशहरु ज्ञानी भएकाले प्रतिनिधि सभा पुनःस्थापना हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति संविधानको रक्षक भएको तर प्रधानमन्त्रीले संविधानसँग नमिल्ने सिफारिस ल्याउँदा सहजै सदर गरिनु राष्ट्रपतिको गरिमा भन्दा बाहिरको विषय भएको उनले बताए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन मात्रै नगरी संविधानकै विघटन गरेको बताए ।

अहिलेको कदम लोकतन्त्रको विघटन भएको र लोकतन्त्रलाई विघटन गरी प्रतिगमन तर्फ देशलाई धकेलिएको बताए । लोकतन्त्रमा देश जनताको प्रतिनिधिमूलक संस्था विहीन बन्न नसक्ने भन्दै प्रतिगामी हर्कत गर्नेहरुलाई संसद पुनःस्थापना गरी उचित कानूनी दण्ड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको