‘कमरेड ओली आउनुस्, खुला मञ्चमा सँगै बसेर संविधान पढौँ’



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओली भगौडा भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार काठमाडौं क्षेत्र नम्बर ४ (ख) को आयोजनामा भएको विरोधसभालाई सम्बोधन गर्दै थापाले अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा भंग गर्ने बाटोमा हिँड्ने प्रधानमन्त्री क्रान्तिकारी हुनै नसक्ने बताएका हुन् ।

थापाले सँगै बसेर संविधान पढ्न खुलामञ्च आउन प्रधानमन्त्रीलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेलाई शुक्रबार धनगढीमा आयोजित सभामा संविधान पढ्न सुझाव दिएका दिए ।

उनले भने ‘हिजो धनगढी पुगेर प्रधानमन्त्री ओलीले संविधान पढ्न सुझाव दिनु भएछ । कमरेड ओली आउनुहोस्। तपाईं सुवास नेम्वाङ र अग्नि खरेल लिएर आउनुहोस्। म संविधान ढोग्ने रामवरण यादवलाई लिएर आउँछु। खुला मञ्चमा सँगै बसेर संविधान पढौँ।’ प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क हुन आह्वान गर्दै थापाले प्रधानमन्त्री ओलीलाई बालुवाटारबाट निकालेर बालकोट पुर्याउने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको