संविधानमा हुँदै नभएको अधिकार सर्वोच्चले प्रयोग गरे संविधान कागजको खोस्टो हुन्छः नारायणकाजी



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसलाई सर्वोच्चले सच्याउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा श्रेष्ठले आफ्नो पद नबच्ने भएपछि प्रधानमन्त्रीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् । उनले सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन हुने र त्यसलाई कुनै पनि हालतमा सहन नसकिने बताए । उनले प्रधानमन्त्रीले पार्टीको आन्तरिक मामिलालाई हेरेर व्यक्तिको स्वार्थ हेरेर संविधानमाथि प्रहार गर्न नपाइने बताए ।

उनले भने, ‘संविधानमा हुँदै नभएको अधिकार सर्वोच्चले प्रयोग गरे संविधान कागजको खोस्टो हुन्छ । यो अलोकतान्त्रिक, असंवैधानिक हो। यो प्रतिगामी कदम मात्रै होइन समग्र प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने त्रास छ।’

उनले संविधानसम्मत तरिकाले सर्वोच्चले फैसला गर्नुपर्ने बताए । उनले पदका निम्ति प्रधानमन्त्रीले पार्टी एकता र संविधानमाथि खेलेको आरोप लगाए । उनले संविधानको धाराको कुनै हरफ टिपेर टिप्पणी गरेको आधारमा प्रतिनिधिसभा विघटन गर्न नपाइने बताए।

उनले भने, ‘सविधानविद्, कानुनविद् सबैलाई नेपालीलाई थाहा छ प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन। हुँदै नभएको अधिकारलाई प्रयोग गरे ।’ संविधान मिचेर फेरि पनि पुर्खाले दिएको देशलाई बचाउन सहिद सम्झनुपर्ने भन्दै उनले सबै राजनीतिक दल आत्मालोचक बन्नुपर्ने बेला आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ