विश्वमा कोरोना संक्रमणबाट एकैदिन १४ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वमा १४ हजार २ सय भन्दा बढी संक्रमितको मृत्युसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख ६ हजार ६३३ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ७ लाख ९१ हजार ३ सय भन्दाबढी नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा संक्रमितको संख्या ८ करोड ८४ लाख ९६ हजार ७४९ पुगेको छ । हाल विश्वमा २ करोड २९ लाख ८३ हजार भन्दाबढीमा सक्रिय संक्रमण छ भने १ लाख ८ हजारको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ३६ लाख ६ हजार ९ सय जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २१ लाख ३२ हजार ४५ पुगेको छ । कोरोनाका कारण ३ लाख ७४ हजार १२४ जनाको मृत्यु भएको छ भने १ करोड ३१ लाख ४३ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७४ हजार १९० जनामा संक्रमण पुष्टि भएका छन् भने ४ हजार १३४ संक्रमितको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ४ लाख १४ हजार ४४ पुगेको छ । अहलेसम्म १ लाख ५० हजार ६०६ संक्रमितको मृत्यु भएको छ भने १ करोड ३६ हजार बढी संक्रमणमुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन