विघटन भइसकेको संसद अब बौरिँदैनः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । आइतबार आफू निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले निर्वाचन हुँदैन भन्ने हल्लाका पछि नलाग्न आग्रह गरेका हुन् । उनले बैशाखको निर्वाचन कसैले टार्न नसक्ने बताए ।

उनले भने, ’वैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुन्छ। कतिपयले भ्रम फैलाउन खोजिरहेका छन् चुनाव हुँदैन भनेर, तपाईंहरु भ्रमको पछि नलाग्नुहोस् ।’

उनले सर्वोच्च अदालतले विघटन भइसकेको संसद अब नब्यूँझाउनेसमेत बताए । पार्टीभित्रका नेताहरुले काम गर्न नदिएकालेनै संसद विघटन गर्नुपरेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा