प्रधानमन्त्रीको अभिव्यक्तिबाट भ्रममा नपर्न सभामुखको आग्रह



काठमाडौं । ९० जना प्रतिनिधिसभाका सदस्यहरुले संघीय संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावका विषयमा सभामुख अग्नी सापकोटालाईसमेत जोडी टिप्पणी गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले शुक्रबार राति विज्ञप्ति जारी गरी सो दिन सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिनुभएको तर त्यसपछिका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय नभएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘तथ्यहरुलाई एकातिर पन्छाएर सम्माननीय सभामुखज्यूलाई समेत विवादमा तान्ने प्रयासस्वरुप सृजना गरिएको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु । अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद सचिवालयका प्रवक्ताद्वारा पुस ८ गते प्रेस विज्ञप्तीमार्फत स्पष्ट गरिसकिएको समेत यसै प्रेस नोटमार्फत स्मरण गराउन चाहन्छु ।’

यसअघि शुक्रबार दिउँसो आफू निकट प्रवासी नेपाली एकता मञ्चको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख र सांसदहरू अनुशासनहीन भएकाले प्रतिनिधिसभा विघटनको कदम चाल्नुपरेको बताएका थिए ।

प्रधानमन्त्रीले संसद्मा सरकारका निर्णय सभामुखले रोकेर राखेको भन्दै आक्रोससमेत पोखेका थिए । उनले भने, ’संसद्ले गर्नुपर्ने निर्णय नगरेर सभामुखले रोकेर राखेका छन् । संसद् विघटन भइसकेपछि केही सांसदहरूले हस्ताक्षर लगेर साढे ३ बजे प्रस्ताव पेस गरे । विघटन भइसकेको संसद्को अविश्वास प्रस्तावको कुनै अर्थ थिएन । सभामुखजस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि साढे १० बजे भएको छ भनेर झुटो सनाखत सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयो ।’ सभामुख र सांसदहरू अराजक भएको भन्दै त्यसको विकल्प ताजा जनादेश भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री नियुक्ति विवादको टुंगो नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

गण्डकी । नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

सांसद खानद्वारा पद तथा गोपनीयताको शपथ

  काठमाडौँ ।  सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख