‘विदेशीलाई चलखेल गर्न दिएर सरकारले नेपालको राष्ट्रियता कमजोर पार्ने काम गर्यो’



काठमाडौं । सङ्घीय संसद्को राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेपछि शुक्रबारदेखि बैठक सुरु भएको हो । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकको सुरुमै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठक शुरु भएका सन्दर्भमा विभिन्न दलका नेताहरुले धारणा राखेका थिए । बैठकमा नेकपाका सांसद दीनानाथ शर्माले राजनीतिक दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताए । पार्टी विभाजन कुनै सिद्धान्तका आधारमा नभई राजनीतिक कारणले मात्र भइरहेको भन्दै उनले यो दुःखद घटना भएको बताए । शर्माले दलभित्रको अन्तरविरोधका कारण जनप्रतिनिधि मूलक संस्थामा असर पर्नु राम्रो अनुभूति नभएको बताए ।

त्यस्तै कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेकपा र सरकारले विदेशीलाई चलखेल गर्न दिएर नेपालको राष्ट्रियता कमजोर पारेको आरोप लगाए । समावेशी लोकतन्त्रबाट मात्रै राष्ट्रियता बलियो हुने भए पनि नेकपा र सरकारले यसबारे कहिल्यै नसोचेको देवको भनाइ थियो ।

त्यस्तै जनता समाजवादी पार्टीकी सांसद् प्रमिला कुमारीले प्रधानमन्त्रीले गरेको संसद् विघटन ०१७ सालमा राजा महेन्द्रले चालेको प्रतिगमनको पुनरावृत्ति भएको बताइन् । सर्वोच्च अदालतले संसद् पुनस्थापनाको आदेश जारी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन् । राष्ट्रियसभा बैठकले संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका वर्तमान तथा पूर्व १० सांसदको विभिन्न समयमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस २३ गते दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको