विघटन भएको भनेको केपी ओलीको सरकार हो, संसद होइनः प्रचण्ड



काठमाडौं । सत्तारुढ नेकपा प्रचण्ड नेपाल समूह अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको इतिहासमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कलंकको टिका लगाएर आफूहरुलाई जनतासमक्ष जाने बाटो दिएको बताएका छन् ।

सोमबार पेरिसडाँडामा जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएर लोकतन्त्रको हत्या गरेर संसद विघटन गरेको बताएका हुन् ।

उनले सदन विघटन नभएको समेत दाबी गरे। उनले भने, ‘सदन विघटन भएको छैन। विघटन भएको भनेको केपी ओलीको सरकार हो। उसले जसरी प्रतिनिधिसभाको हत्या भयो भनेको छ, त्यस्तो होइन। प्रतिनिधिसभा जिवित छ ।’

उनले संविधानलाई व्याख्या गर्ने अदालतले भएको भन्दै अदालतले छिटोभन्दा छिटो संसदको बैठक सुरु गर्न आदेश दिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘आफूलाई इतिहासको कलंकको टिका लगाएर हामीलाई जनतासँग जोडिदिने काम गरिदिनुभयो। बाजी हामीले जितिसकेका छौं। अब अर्को चुनाव हामी जित्छौं।’ लोकतन्त्रको हत्या गरी संसद विघटन गरेर प्रधानमन्त्रीले बाजी हारेको समेत दावी गरे ।

उनले भने, ‘लोकतन्त्रको हत्या गरी संसद विघटन गरे। उनले बाजी हारे। जुन दिन हामीले उनको प्रतिगमनकारी कदमका विरुद्धमा हामी लड्छौं भनेर संकल्प गर्यौं, त्यही दिन बाजी हामीले जित्यौं। हामी दुईचार महिनाको कुरा हो। इतिहासले त्यो कुरा देखाइ छोड्नेछ ।’

उनले केही केही साथीहरु क्षणिक स्वार्थका लागि ओलीतिर लागेका भन्दै त्यसलाई लिएर तनाव नलिन आग्रह गरे । उनले भने, ‘त्यस्ता केही साथी पहिले पहिले जाने गरेकै भित्र पर्ने गर्छन्। तिनीहरु अहिले मात्र गएका होइनन्। तिनीहरु फेरि दुईचार महिना पछि आउँछन्। हेर्नुहोला वैशाखपछि उनीहरु फर्किन्छन्। अन्त जाने ठाउँ हुन्न। अनि हामी अलि फराकिलो दिल भएका माफी दिइहाल्छौँ। स्वागत गरिहाल्छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।

मुख्यमन्त्री नियुक्ति विवादको टुंगो नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

गण्डकी । नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक