विश्वमा ५ करोड ७२ लाख कोरोना संक्रमणमुक्त,१७ लाख ७१ हजारको मृत्यु



विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९८१ संक्रमितको मृत्यु भएको छ । योसँगै १७ लाख ७१ हजार ४०७ संक्रमितको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ८७ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ७२ लाख ८१ हजार ३१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ८ हजार भन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ८ करोड ११ लाख ३२ हजार ४८० पुगेको छ । हाल विश्वभर २ करोड २० लाख ८० हजार ४० जना सक्रिय संक्रमित छन् भने एक लाख ५ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ९५ लाख ७३ हजार ८४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ४१ हजार नाघेको छ ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड २ लाख ८ हजार ७२५ पुगेको छ । संक्रमितमध्ये एक लाख ४७ हजार ९४० जनाको मृत्यु भइसकेको छ भने हालसम्म ९७ लाख ८१ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७४ लाख ८४ हजार नाघेको छ भने १ लाख ९१ हजार १४६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६५ लाख १५ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका