ओलीलाई कारबाही, माधव नेपाल नेकपाको अध्यक्ष चयन



काठमाडौँ । सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाएको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए । आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो । बैठकमा केन्द्रीय सदस्य प्रभु साहले दुईजना अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेका थिए । उनले पार्टीमा दुई अध्यक्ष हुँदा नाटकजस्तो भएको भन्दै एउटै अध्यक्षको नेतृत्वमा जनतामा आशाको संचार गर्नुपर्ने बताएका थिए ।

पुष्पकमल दाहाल र माधव नेपालले आलोपालोमा पार्टी चलाउने सहमति भएको यो पक्षका नेताहरुले बताएका छन् । बैठकले पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया