संसद विघटन गर्ने असंवैधानिक कदमकाविरुद्ध देशव्यापी प्रतिरोध आन्दोलन गर्ने नौ विद्यार्थी संगठनको निर्णय
काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमकाविरुद्ध विभिन्न नौ विद्यार्थी संगठन आन्दोलनमा उत्रिने भएका छन् । नेपाल विद्यार्थी संघ, सत्तारुढ नेकपा निकटको अनेरास्ववियू, राष्ट्रिय विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायतका नौ विद्यार्थी संगठनको मंगलबार बसेको बैठकले प्रधानमन्त्रीको कदमकाविरुद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको हो ।