कांग्रेसले बोलायो सर्वदलीय बैठक



काठमाडौं । संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएका हुन् ।

सरकारविरुद्ध कस्तो रणनीति बनाउने, संवैधानिक संकटको कसरी सामना गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेता तथा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाईसमेत बोलाइएको छ ।

यसअघि हिजो बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको संयुक्त बैठकले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो। बैठकमा संसद विघटनकाविरुद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको थियो। आजको बैठकमा सरकारले संसद विघटन गर्दागर्दै गरेका संवैधानिक निकायहरुको नियुक्तिलगायतका विषयमासमेत छलफल गरिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा