राष्ट्रपति अविभावकको भूमिका निर्वाह गर्न असफलः कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले लामो समयसम्म सदनलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको हो ।

त्यस्तै बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको व्यवस्था, भावना र मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

त्यस्तै आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन अध्यादेश ल्याएको भन्दै संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको प्रमुख सचेतक खाँडले बताए ।

प्रमुख सचेतक खाँडले राष्ट्रपतिको प्रमुख दायित्व संविधानको पालना र रक्षा गर्नु भएकाले सरकारले गरेका निर्णयहरु संविधानको प्रतिकुल भए सच्याउन राष्ट्रपतिको भुमिका हुने भएपनि राष्ट्रपतिले त्यो भूमिका निर्वाह गर्न असफल भएको बताए ।

विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको गणपूरक संंख्या नपुग्ने भएकाले अन्य दलको पनि साथ र सहयोगको आवश्यक पर्ने भएकाले अन्य दलसँग छलफल भइरहेको उनले बताए । कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार पूर्णरुपमा असफल भएको कांग्रेसको ठहर छ ।

त्यस्तै कांग्रेसले उखु किसानको आन्दोलनलाई समर्थन गर्ने भन्दै उखु किसानका मागप्रति सरकार गम्भीर भएर तत्काल भुक्तानी गर्ने व्यवस्था गर्न आग्रह गरेको छ । त्यस्तै बैठकले मोरङमा भएको शिक्षक हत्याका घटनाको निन्दा गर्ने र हत्यारालाई कानुनी कारबाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको