द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन नेपाल र भारतका अधिकारीहरु सहमत



काठमाडौं । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ । बिहीबार काठमाडौंको एक होटलमा भएको बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका थिए ।

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श भएको थियो । भेटमा द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका थिए ।

बैठकपछि श्रृंगलाले उक्त बैठक फलदायी र उपयोगी आदानप्रदान भएको बताए । सहयोगका क्षेत्रहरू अगाडि बढाउन विभिन्न चरणहरूमा छलफल भएको र यसअघि गरिएका प्रतिबद्धतामा राम्रो प्रगति भएको उनले जानकारी दिए । उनले विदेश सचिव भरतराज पौड्याललाई निम्ताएको र आतिथ्यका लागि धन्यवाद पनि दिए ।

त्यसअघि परराष्ट्रसचिवद्वयबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लािग सचिव श्रृङ्गला बिहीबार काठमाडौँ आएका हुन् । उनले शुक्रबार गोरखा पुुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम छ । उनी नेपालको भ्रमण सकेर शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९